लिभरपुल र आर्सनलबीचको खेल आज



काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ६ खेलहरु हुदैछ । बहुप्रतिक्षित लिभरपुल र आर्सनलबीचको खेल पनि आज हुनेछ । खेल नेपाली समयअनुसार राति ११:१५ बजेपछि लिभरपुलको मैदानमा हुनेछ ।

 

शीर्षस्थानको लिभरपुल आर्सनललाई पराजित गर्दै अग्रता बढाउने लक्ष्यमा हुनेछ । लिभरपुलले दोस्रो स्थानमा रहेको टोटेनहमलाई ६ अंकले पछि पारेको छ । लिभरपुल आफ्नो अग्रता थप मजवुत बनाउने योजनामा नै रहनेछ ।

 

प्रिमियर लिगमा आज राति हुने अन्य खेलहरु :

ब्राइटन विरुद्ध एभर्टन राति ८:४५ बजे

फुलहम विरुद्ध हडर्सफिल्ड राति ८: ४५ बजे

लेस्टर विरुद्ध कार्डिफ सिटी राति ८: ४५ बजे

टोटेनहम विरुद्ध वल्भ्स राति ८:४५ बजे

वाटफोर्ड विरुद्ध न्युक्यासल राति ८:४५ बजे

प्रतिक्रिया दिनुहोस्