आज स्वर्गीय राजा वीरेन्द्रको ७४ औं जन्मजयन्ती



काठमाडौं: स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । वि.स २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा ज्यान गएको थियो ।

 

स्वर्गीय राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ ।

 

तत्कालिन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।

 

प्रतिक्रिया दिनुहोस्