९ घण्टा सुत्नका लागि १ लाख दिने कम्पनी, यस्ता छन् शर्त !



एजेन्सी : बेंगलुरुको एक कम्पनीले अब सुत्नका लागि १ लाख रुपैयाँ दिने भएको छ । कति राम्रो हुन्छ ९ घण्टा सुतेर आफ्नो निद्रा पनि पुरा गर्ने अनि साथमा १ लाख पनि कमाइने । तर यसका लागि छनोट हुन् जरुरी छ । जानौँ यसको अचम्म लाग्दो प्रस्तावका बारे ।

कुन कम्पनीले दिएको छ यस्तो प्रस्ताव ?
कर्नाटकको राजधानी बेंगलुरुको अनलाइन फर्म वेकफिटले यो अफर दिएको छ । अनलाइन स्लीप सोलुशन फर्मले आफ्नो यस प्रोग्रामलाई वेकफिट स्लीप इन्र्टनशिपको नाम दिएको छ ।

केके शर्त लागू छ ?
यस इन्र्टनशिपका लागि केहि मानिसको मात्र चयन हुनेछ । व्यक्तिलाई कम्पनीले दिएको गद्दामा नै सुत्नुपर्ने छ । राम्रो निद्रा प-यो या परेन भनेर हरेक दिन कम्पनीलाई बताउनुपर्नेछ ।

सुत्नका लागि पैसा किन दिइएकाे छ ?
सुत्नका लागि कम्पनीले केहि मानिसलाई काउन्सेलिंग गर्नेछ । अनि उनीहरुको सुत्ने तरीका ट्रयाक गरिन्छ । यसपछि एक्सपर्टहरुद्वारा सल्लाह पनि दिइन्छ । जो मानिस सुत्न जान्छन् उनीहरुको निद्रा रेकर्ड गरिन्छ । उनीहरुको सुत्ने तरिका नोटिस गरिन्छ । विजेताहरुलाई स्लिप ट्रयाकर पनि दिइनेछ ।

Image result for sleep

कति बेर सुत्नु पर्छ ?
कम्पनीको नियम अनुसार यस स्किममा चयन भएका मानिसहरुलाई १०० दिनसम्म हरेक दिन ९ घन्टा सुत्नुपर्ने हुन्छ । यहाँ यस्ता व्यक्तिलाई चयन गरिनेछ जो आफ्नो निद्रालाई बाँकि कुनै पनि चिजभन्दा महत्वपूर्ण ठान्छनु् ।

नत काम छोड्नुपर्छ नत घर
धेरै काम र तनावका कारण मानिसहरुको निद्रा बिग्रिरहेको छ । यसले गर्दा त्यस्ता व्यक्तिहरुको स्वास्थ्यमा असर परिरहेको छ । यसकारण यस कम्पनीले यस्तो प्रकारको इन्र्टनशिप लिएर आएको छ । यसका लागि आफ्नो घर पनि छोड्नुपर्ने छैन र काम पनि छोड्नुपर्ने छैन् ।

प्रतिक्रिया दिनुहोस्