विप्लव समूहद्वारा पोखराका दुई मतदानकेन्द्र नजिक बम विस्फोट



पोखरा : मतदान शुरु हुनासाथ कास्की जिल्लाको पोखरा महानगरपालिकाका दुई वटा मतदान केन्द्र नजिक बम विस्फोट भएको छ । पोखरा ३३ भरतपोखरीस्थित सरस्वती टीका मावि, पोखरा ९ को नवप्रभात मावि र पोखरा १६ को शान्ति माविमा रहेका मतदान केन्द्रमा भोट हालिरहेकै बेला बम विस्फोट भएका हुन्। बम विस्फोटपछि मतदातामा त्रास फैलिएको छ ।

तर प्रहरीले बम विस्फोटपछि उच्च सुरक्षा सतर्कता अपनाउदै ढुक्क भएर मतदातालाई मतदान गर्न आग्रह गरेको छ । बम विस्फोटमा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त विस्फोटबारे खोजी कार्य जारी गरिरहेको प्रहरीले जनाएको छ । बम विस्फोट उपनिर्वाचनमा आतंकित पार्ने उद्देश्यले सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपाले गरेको आशंका प्रहरीले गरेको छ ।

वडा मन्बर १६ स्थित रहेको शान्ती माबी मतदान केन्द्रमा बम विस्फोट भएको हो । विस्फोटपछि केही समय रोकिएको मतदान पुनः सुरु भएको छ ।

यस्तै पोखराकै वडा नं ९ को नवप्रभात मावी केन्द्र परिसरमा पनि विस्फोट भएको छ । उक्त विस्फोटमा पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिकाको वडा मन्बर १६ स्थित रहेको शान्ती माबी मतदान केन्द्रमा बम विस्फोट भएको छ ।

प्रतिक्रिया दिनुहोस्