कक्षाकोठामै बनाउन थाले विद्यार्थीले लिम्पियाधुरासम्मको नेपालको नक्सा


RATNA BUDHATHOKI/FACEBOOK

भद्रपुर : झापाको कचनकबलस्थित लक्ष्मी माध्यमिक विद्यालयमा लिम्पियाधुरासम्मको नेपाली भू–भाग समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाइएको छ । कक्षा ७ को सामाजिक शिक्षा विषयमा ‘राष्ट्रियता’ सम्बन्धी पाठ पढाउने क्रममा शुक्रबार लिम्पियाधुरासम्मको भू–भागसहित नक्सा कोर्न सिकाइएको सामाजिक शिक्षक रत्न बुढाथोकीले जानकारी दिनुभयो ।

सुगौली सन्धीमा नेपालको पश्चिम सीमा कालीनदी कायम भएको र कालीनदीको मुहान लिम्पियाधुरा भएको बारेमा जानकारी दिएर नक्सा कोर्न लगाउँदा विद्यार्थीमा राष्ट्रियता र सीमासम्बन्धी चेतना बढेको बुढाथोकीले बताउनुभयो । “आफ्नो देशको माटोबारे विद्यार्थीलाई जानकारी गराउनु कर्तव्य सम्झेर हामीले नक्सा कोर्न सिकाएका हौँ”, बुढाथोकी भन्नुहुन्छ ।

आठ सय विद्यार्थी अध्ययनरत लक्ष्मी माविको कक्षा ७ मा ८० विद्यार्थी छन् । विद्यार्थीले बनाएको नेपालको नयाँ नक्सामा ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो’ भन्ने नारा लेखिएको छ । सो नक्सा विद्यालयमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

रुपन्देही कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देही रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी

जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा १ सय ७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । गत २४ घण्टामा थप

काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।काठमाडौं उपत्यका लगाएत

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुरधामः महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरका राजकिशोर महतो र उनकी श्रीमति गंगादेवी पहिलो सन्तानको प्रतिक्षामा थिए

काठमाडौं : शुक्रबार नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंः अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ

अर्घाखाँची : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिबिना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा

काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र

काठमाडौँ : टीकापुर हत्याकाण्डका मुख्य आरोपी रहेका कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई वीर अस्पताल