दाङमा पनि भयो बम विष्फोट



दाङ : तीन तहको घेरामा व्यवस्था गरिएको सुरक्षा व्यवस्थाका लागि दुई हजारभन्दा बढी सुरक्षाकर्मीहरु खटाइएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताईरहेका बेला बम बिष्फोट भएको छ ।

निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी जिल्लाको सुरक्षाकर्मीको साथै छिमेकी जिल्लाबाट पनि सुरक्षाकर्मीको व्यवस्थापन गरिएको रिजालले बताएका थिए ।

आज शनिवार बिहानै जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १६को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको हो । दाङमा क्षेत्र नम्वर ३ ख मा प्रदेशसभा र घोराही वडा नम्बर १६ आज मतदात भईरहेको छ ।

विष्फोटको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्