पोखरा निर्वाचनले तीन राजमार्ग ठप्प


पोखरा : प्रतिनिधिसभाको कास्की क्षेत्र नं. २ मा भईरहेको उपनिर्वाचनका कारण तीन राजमार्ग ठप्प हुन पुगेको छ ।

पृथ्वी राजमार्ग, पोखरा–बाग्लुङ राजमार्ग र सिद्धार्थ राजमार्गमा गुड्ने सबै सवारीले कास्की क्षेत्र नं. २ भित्रको सडकमार्गको प्रयोग गर्नुपर्ने भएका कारण त्यहाँ सवारी आवागमन ठप्प भएको हो । हिजो शुक्रबार रातिदेखि यी राजमार्गमा गुड्ने सवारीहरुलाई तीन वटा ठाउँ तोकेर प्रवेश र सञ्चालनमा रोक गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि यस क्षेत्रमा सवारी आगमन बन्द भएको हो ।

कास्की क्षेत्र नं. २ मा अहिँले मतदान भईरहेकाले सवारी आवागमनमा रोक लगाईएको हो । यी तिन वटै राजमार्गमा अहिले सवारीहरु सहज रुपले गुड्न पाएका छैन्न । पूर्वमा तनहुँको सीमाना कोत्रे खोला पुल, पश्चिम–उत्तरमा पर्वत सीमाना नयाँपुल र दक्षिण–पश्चिममा भकुण्डे स्याङजा सीमानामा गाडी अहिँले रोकेर राखिएको छ ।

अति आवश्यक सेवा सवारी (एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवा) र चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई भने रोक लगाइएको छैन ।

प्रवेश बिन्दुमा रोकेर राखिएका सवारीलाई प्रत्येक तीन–तीन घण्टाको अन्तरालमा स्कर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । ती सवारीले बीचमा कुनै सवारी चढाउन र ओराल्न पाउने छैनन् । चुनावको समयमा अन्य जिल्लाबाट आउने सवारी प्रवेशमा पनि कडाइ गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

सुर्खेत : पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली

काठमाडाैं : कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५८ हजार नाघेको छ । एकै

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि

जनकपुरधाम– प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

काठमाडौं : सरकारले यस वर्ष पनि तीन दिन गणतन्त्र दिवस मनाउन आह्वान गरेको छ। गृह

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ४७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ४७ जिल्लामा

काठमाडौं : पूर्वी रुकुममा पहिलो पटक कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।घोराहीस्थित राप्ती स्वास्थ्य

काठमाडौं : थप ११४ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य

काठमाडौं : वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी