एम्बुलेन्स जाममा परेपछि बिरामीकाे मृत्यु



धादिङ : पृथ्वी राजमार्गमा मंगलबार रातिदेखिको जाममा फसेको एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ ।

 

चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेकी चितवन सौराहाकी ५५ वर्षीया रजनी चौधरीको बुधबार बिहान ज्यान गएको हो ।

 

नौबिसे–नागढुंगा सडकखण्ड मर्मत र निर्माणका क्रममा भएको जाममा एम्बुलेन्स परेको थियो । समयमै बिरामीलाई अस्पताल पु¥याउन नसक्दा ज्यान गएको मृतकका आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्