बुथ क्याप्चर गर्न लागेको भन्दै विवाद भएपछि केहीबेर तनाव



कास्की : उपनिर्वाचनका क्रममा कास्कीमा भएको बम विस्फोटपछि बुथ क्याप्चर गर्न लागेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले विवाद गरेपछि मतदान केहीबेर रोकिएको थियो ।

उनीहरुले शान्ति माविमा रहेको बुथ क्याप्चर गर्न प्रयास गरेको भन्दै विवाद गरेपछि मतदान केहीबेर राकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बम विस्फोटपछि मतदाताहरू केहीबेर तितरवितर भएका थिए ।

पोखरा ३३ भरतपोखरीस्थिति सरस्वति टिका मावि, पोखरा ९ को नवाप्रभाव मावि र पोखरा १६ को शान्ति माविमा बम विस्फोट भएको हो ।

प्रतिक्रिया दिनुहोस्