आँचलको बिहे हुँदा पललाई हाई सन्चो



काठमाडौं : आफ्नो नामसँग आँचल शर्माको नाम जाडिदा तनावमा रहेका पल शाहलाई अब चाहि हाईसञ्चो हुने बताइन्छ । फिल्मी नगरीमा उनीहरूको अफेयर फिल्म ‘नाई नभन्नु ल ४’ को सुटिङ्गताकादेखि नै शुरु भएको चर्चा छ ।

उनीहरु युगल जोडीको रुपमा फिल्ममा देखा पर्दा फाईदा पनि भएको छ । उनीहरुको जोडीलाई दर्शकले पनि साथ दिइरहेको छ । तर अहिले आँचलको बिहेको कुरा बाहिर आएपछि भने उनीहरुको फ्यानलाई आश्चर्यमा पारेको बताइन्छ । नपरुन पनि कसरी ? उनीहरुको जोडी फिल्मी क्षेत्रमा रुचाइएको पनि हो नि । यी दुई फुर्सद हुनासाथ अहिले पनि भेट्ने गर्छन् । फिल्म पनि सँगै हेर्ने गर्छन् । हालै सलमान खानको फिल्म ‘सुल्तान’को ‘इभिनिङ शो’ पनि उनीहरूले काठमाडौंस्थित कुमारी हलमा सँगै हेरेका थिए ।

उनीहरुले विभिन्न मिडियामा अन्तर्वार्ता दिने क्रममा पनि आफूहरु रिलमा मात्रै जोडी भएका बताउँदै आएका थिए । यसरी कुराहरु बाहिर आइरहँदा अभिनेत्री आँचल छिट्टै बिहे बन्धनमा बाँधिने तयारीमा रहेको फिल्मी क्षेत्रमा अर्को फण्डा मच्चिएको छ । उनको बिहे हुन लागेपछि पललाई आराम मिलेको फिल्मी बजारमा चर्चा छ । आँचल एक वर्षदेखि आँचल डा. उदीप श्रेष्ठसँग गहिरो प्रेममा रहेको बताइन्छ । यसरी उनीहरुले आफ्नो प्रेमलाई बिहेमा प्ररिणत गर्न लागिपरेका छन् । प्रेममा परेको एक वर्षपछि उनीहरु बिहे गर्ने निर्णयमा पुगेका हुन् । उनीहरले आगामी फागुनमा बिहे गर्ने पक्कापक्की भएको बताइन्छ । तर, मिति चाहि सार्वजनिक गरिएको छैन ।

म्युजिक भिडियोमा काम गर्दागर्दै उनीहरु ठूलो पर्दामा देखिएका हुन् । उनीहरुलाई निर्देशक विकास आचार्यले यस क्षेत्रमा डेब्यु गराएका हुन् । उनीहरु दुबैलाई आचार्यले ‘नाई नभन्नु ल ४’ मा ब्रेक दिएका थिए । यसै फिल्ममा काम गर्दागर्दै आँचल र पल एक आपसमा नजिक भएको बताइन्छ । त्यसैकारण उनीहरुको बारेमा गसिपहरु आउने गरेका थिए ।

यता आँचलको बिहे हुन लागेपछि पलको हर्ट ब्रेक हुने कुराले पनि चलचित्र बजारमा चर्चा चलने गरेको छ । जे भएपनि लामै रिलेसनमा रहेको साथी आफूबाट छुट्न लागेपछि पललाई यस्तो हुनु स्वभाविक पनि हो नि त होईन र ?

प्रतिक्रिया दिनुहोस्