कतै बम विष्फोट,कतै डिस्पोज



काठमाडौ : उपनिर्वचन चलिरहेको बेला ठाउँ ठाउमा बम विष्फोट र डिस्पोजको कुरा आईरहेको छ । पाखरामा दुई स्थानमा बम विष्फोट भएका छन् । पोखरा ३३ भरतपोखरीस्थिति सरस्वति टिका मावि, पोखरा ९ को नवाप्रभाव मावि र पोखरा १६ को शान्ति माविमा बम विष्फोट भएको हो । बम विष्फोटपछि केहीबेर रोकिएको मतदान शुरु भएको थियो ।

यस्तै लमजुङको सुन्दरबजार गाउपालिकामा पनि बम विष्फोट भएको छ । मतदानका लागि लाईनमा बसिरेहेको अवस्थामा ठूलो आवाजसहित बम विष्फोट भएको थियो । सुन्दरबजार नगरपालिका २ को वडाध्यक्षको लागि चुनाव भइरहेको बेला बिहान १० बजे बम विस्फोट भएको हो ।

उता दाङमा पनि बम विष्फोट भएको छ । यता वैतडी– दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजमार्गमा आज शनिवार बिहान साढे ११ः०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान गरिएको छ । यस्तै डोटीको आदर्श गाउँपालिका–२, कुचेडा र सोही वडाको कानगडामा बम भेटिएको छ ।

बम भेटिएपछि सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा मतदान केन्द्र नजिकै विस्फोटक पदार्थ फेला परेको छ। उप–निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि मतदान केन्द्रबाट करिब साढे ३ मिटर पर पानी खाने अम्खोरामा विस्फोटक पदार्थ भेटिएको हो।

अम्खोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा विस्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मोवाईलमा ८ बजेर ५ मिनेटको समय पनि निर्धारण गरिएको भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्