सरकारका नवीन काममा अवरोध सिर्जना भयो : मन्त्री बाँस्कोटा



काठमाडौं : सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बाँस्कोटाले सरकारले गर्न चाहेका नवीन कामहरूमा अवरोध सिर्जना भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा भएको क्यान फेडरेसनको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकारले घोषणा गरेका नवीन काम अदालत तथा बुद्धिजीवी भन्नेहरूबाटै अवरोध हुन थालेको गुनासो गरेका हुन्। विरोध र अवरोध गर्नेहरूले आफ्नो क्षेत्राधिकार बुझेर काम नगर्दा सरकारालाई काम गर्न अप्ठ्यारो पर्ने गरेको पनि उनले बताए। 

 

उनले सरोकारित र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी नबुझेर अर्काको क्षेत्राधिकार मिच्ने परिपाटीका कारण समस्या सिर्जना भएको दाबी गरे। डिजिटल नेपालको लक्ष्य पूरा गर्ने सन्दर्भमा केही अप्ठ्याराहरू श्रृजना हुने गरेको उल्लेख गर्दे उनले विद्युतिय कारोबारसम्बन्धी ऐनहरूलाई सहज बनाउँदै लगिने बताए। 

 

सिलौटे युग पार गर्दे अहिले मन्त्रिपरिषद् बैठक कम्प्युटर प्रणालीबाट संचालन गर्ने अवस्थामा आइसकेको भन्दै उनले सरकारले डिजिटल नेपालको संकल्प पूरा गरेरै छाड्ने दाबी गरे। सरकारले ५ वर्षे कार्ययोजनाका साथ डिजिटल नेपालको अभियानलाई अघि बढाउने उनले उल्लेख गरे। त्यसका लागि सरकारले नीजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्