थवाङको वडाध्यक्षमा नेकपाका जनकबहादुर बुढा विजयी



रोल्पा : रोल्पाको थवाङ गाउँपालिका–१ मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाका जनकबहादुर बुढा १७४ मत ल्याएर विजयी भएका छन् । निर्वाचनमा कांग्रेसका कलमबहादुर बुढाले २६ मत पाएका छन् भने ९ मत बदर भएका छन् ।

शनिवार भएको उपनिर्वाचनमा वडाका अधिकांश मतदाताले ‘नो भोट’ अगाल्दै मतदानमा सहभागी जनाएनन् । थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि यहाँ उपचुनाव भएको हो ।

प्रतिक्रिया दिनुहोस्