खैरहनीको ४ र ५ मै कांग्रेस उम्मेद्‍वार विजयी



चितवन : चितवनको खैरहनी नगरपापलिकाको वडा नम्बर ४ र ५ मा नेपाली कांग्रेस विजयी भएको छ ।वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्‍वार विजयी भएका हुन्। खैरहनी-५ को वडाअध्यक्षमा प्रतिमा कार्की बस्नेत विजयी भएकी छिन् । 

त्यस्तै  खैरहनी-५ मा बेद बहादुर अधिकारी विजयी भएका हुन् । वडा नम्बर ५ मा कार्कीले नेकपाका उम्मेद्‍वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् ।कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् । 

खैरुहनी ४ मा कांग्रेस बस्नेतले नेकपा बेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरे। बस्नेतले ११३८ र अधिकारीले ९८६ मत प्राप्त गरेका थिए । आजको अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्