पर्साको सखुवा पर्सौनीमा समाजवादीका उम्मेदवार यादव विजयी



पर्सा : पर्सा जिल्लाको सखुवापर्साैनी गाउँपालिका ५ को वडाअध्यक्ष पदमा समाजवादी पार्टीका उम्मेदवार रूपलाल यादव (पन्जा) विजयी भएका छन् । उनले १०३१ मत ल्याइ विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अशेश्वर यादवले ८१९, नेकपाका उदयशंकर रौनियारले २३२, स्वतन्त्रका गोपाल साह कानुले १६, राप्रपाका सदरी महराले ८ मत ल्याएका छन् ।

त्यस्तै २२ मत बदर भएको थियो कुल २१२८ मत खसेको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । नव निर्वाचित वडाअध्यक्ष यादवलाइ वडाअध्यक्षको प्रमाण उपलब्ध समेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्