एउटै लाइटरको मूल्य २४ हजार!



काठमाडौं: अमेरिकी ब्राण्ड जिप्पोका सामग्री नेपाली बजारमा भित्र्याइएको छ। जिप्पो ब्राण्डका लाइटरलगायतका सामग्री नेपालस्थित जिपाल कम्पनीले बिक्री वितरणको अनुमति पाएको हो। 

जिपाल कम्पनी प्रालिले नेपाली बजारमा आधिकारिक रूपमा अमेरिकाबाट जिप्पो ब्राण्डका उत्पादनहरू आयात तथा बिक्री वितरण गर्ने जनाएको छ।

 

 जिपालले नेपालमा भित्र्याएको जिप्पो ब्राण्डको लाइटरको मूल्य भने सामान्य लाइट तथा लाइटरको तुलनमा धेरै महँगो रहेको छ। नेपाली बजारमा न्यूनतम मूल्य दुई हजार ५६० देखि अधिकतम मूल्य २४ हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ। 

 

विश्वभरका १६० भन्दा बढी देशमा यो लाइटर बिक्री हुने गरेको कम्पनीको दाबी छ। जिप्पोको उत्पादनहरूमा लाइफटाइम वारेन्टी दिइने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्