हुम्लामा मतगणना अनिश्चित



सुर्खेत : हुम्लाको खार्पुनाथ गाउँपालिकामा अझै मतगणना हुन सकेको छैन । ग्रामिण क्षेत्रबाट गाउँपालिका केन्द्रमा मतपेटिका पुर्‍याउन ढिलाई भएपछि सर्वदलीय बैठक बस्न नसक्दा मतगणना हुन नसकेको हो । मतगणना सुरु गर्नका लागि आइतबार बिहान ८ बजेपछि सर्वदलीय बैठक बस्ने तयारी भएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । मतगणनाका लागि अहिले छलफल भईरहेको शर्माले बताए । 

हुम्लाको खार्पुनाथ गाउँपालिका ८४ प्रतिशत मतदान भएको छ । कुल ३३८७ मतदाता रहेको खार्पुनाथमा २८७९(८४.७ प्रतिशत ) मत खसेको छ । गाउँपालिका उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा तीन राजनीतिक दलका उम्मेद्‍वार प्रतिस्पर्धामा छन् ।

जसमा नेपाली कांग्रेसबाट तारा शाही, नेकपाबाट रुपा शाही र राप्रपा संयुक्तबाट दीपबहादुर शाही रहेका छन् । गत असार ३ गते कर्णाली नदीमा भएको जीप दुर्घटनामा उपाध्यक्ष सिन्दु हमाल शाहीको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा नन्दराज जैसीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्