प्रहरी चौकीबाट ७ कैदी फरार



सिरहा : सिरहाको इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट सात जना थुनुवा कैदी फरार भएका छन् । शनिबार दिउँसो खाना खाने बेला सटर तोडेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।

विभिन्न मुद्दाका ११ जना थुनुवा हिजो खाना खाने बेला फरार भएका थिए । जसमध्ये ४ जना पक्राउ परिसकेको र अन्य फरारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।

शनिबार भइरहेको उपनिर्वाचनमा प्रहरी जनशक्ति खटिएका थिए । त्यही मौका छोपी कैदी फरार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्