निर्मला पन्त हत्या प्रकरणमा काग्रेसद्धारा संसद अवरुद्ध



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारसँग जवाफ माग गरेको छ । सरकारले जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने भन्दै काँग्रेसले बिहिबारको बैठक अवरुद्धसमेत गरेको छ । बैठक शुरु भएलगत्तै काँग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले निर्मला पन्त बलात्कार प्रकरणमा राज्यबाट वास्तविक दोषी लुकाउने प्रयत्न भएकोमा गम्भिर ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण जटिल र रहस्यमय बन्दै गएको छ । एकपछि अर्को अनुसन्धान टोली परिवर्तन भइरहेको छ । तर, वास्तविक दोषी पत्ता लगाउनेभन्दा पनि समग्र राज्य संयन्त्र ढाकछोपमा केन्द्रीत भएको देखिन्छ ।’

उनले यो प्रकरण राज्य संरक्षित अपराधको रुपमा जनताले बुझेको पनि आरोप लगाए ।

उनले उपसचिव तथा छानविन समितिका सदस्य वीरेन्द्र केसीले अनुसन्धान टोलीबाट राजीनामा दिनुले पनि अनुसन्धान प्रक्रियामा गम्भिर प्रश्न उठेको बताए ।

‘केसीले निर्मला पन्तले न्याय पाउने अवस्था आयो भन्नु र शक्तिशाली अपराधीबाट ज्यानको खतरा भन्दै जीवन रक्षाको अपिल गर्नुले पनि गम्भिर प्रश्न खडा गरेको छ,’ बडुले भने ।

‘केसीले भन्नुभएको शक्तिशाली अपराधी को ?,’ उनले प्रश्न गरे, ‘नेपाल सरकारको उपसचिव जस्तो व्यक्तिले जीवनरक्षाको लागि संयुक्त राष्ट्र संघ र नागरिक समाजलाई गुहार्नु पर्ने अवस्था कसरी आयो ?’

यो राज्य अन्य कुनै शक्तिले त चलाइरहेको छैन भन्दै उनले सरकारसमक्ष प्रश्न पनि गरे ।

त्यस्तै, तरुण दल रोल्पाका अध्यक्ष रोहित पुन हत्याको दोषीलाई पनि सरकारले पत्ता लगाउन नसकेकोमा गम्भिर ध्यानाकर्षण गराए ।

यसको साथै खोजतलास साप्ताहिकका सम्पादक राजु वस्नेतलाई बिना कारण पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको उनले जिकिर गरे ।

बडुले यी गम्भिर प्रश्नहरुबारे सरकारले जवाफ नदिएसम्म संसद चल्न नसक्ने बताए ।

जवाफमा सभामुख कृष्णबहादुर महराले यसमा ध्यानाकर्षण भएको र उपयुक्त समयमा सरकारबाट तुरुन्तै जवाफ आउने बताए ।

यसका बावजुद काँग्रेस सांसदहरुले विराधे जारी गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ