कपिलवस्तुमा राजपाकी उम्मेदवार मन्जु मिश्रा विजयी



कपिलवस्तु : कपिलवस्तुमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी उम्मेदवार मन्जु मिश्रा विजयी भएकी छन् । शिवराज नगरपालिका १० को उपनिर्वाचनमा मिश्रा विजयी भएकी हुन् ।

शनिबार राति चन्द्रौटामा सम्पन्न मत गणनाको परिणामअनुसार राजपाकी उम्मेदवार मिश्राले ८ सय ६८ मत ल्याइ विजयी भएको निर्वाचन अधिकारीले बताए ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देवराज भारतीले ४ सय ६५, नेकपाका अदालत मनिहारले १ सय ४७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्