प्रदेशसभा सदस्यमा भक्तपुरबाट कांग्रेस उम्मेदवार भँडेल विजयी



भक्तपुर : भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छन् । भँडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत प्राप्त गरेका छन् भने नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

निर्वाचन आयोगका अनुसार भक्तपुर क्षेत्रनम्बर २ (क)मा भँडेल निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्