वडाध्यक्षकाे नतिजा: कसले, कहाँ-कहाँ जिते ?


काठमाडौं : प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार विजयी भएका छन् ।

पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे, भोजपुर पौवादुङ गापा–१ मा जितेन्द्र राई, खोटाङ साकेला गापा–३ मा शिवकला राई, सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव, रामेछाप उमाकुण्ड गापा–५ मा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य, काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला र काठमाडौँ दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी भएका छन् ।

लम्जुङ सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ, बागलुङ बडिगाड गापा–२ मा ढालप्रसाद शेरचन, नवलपरासी बर्दघाट सुस्तापूर्व बौदीकाली गापा–५ मा खिमबहादुर थापा, रोल्पा थवाङ गापा–१ मा जनकबहादुर बुढामगर, कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ, सल्यान कुमाख गापा–५मा धर्मे बुढाथोकी, बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक, गुल्मी रुरु क्षेत्र गापा–६ मा शोभाखर खनाल, प्यूठान नपा–२ मा मुक्ति पोखरेल, डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा, अछाम मल्लेख गापा–५ रमेशबहादुर खड्का र बाजुरा त्रिवेणी नपा–१ को वडाध्यक्षमा पनि नेकपाकै उम्मेदवार मनराजे बुढा विजयी भएका हुन् ।

पाँचथर हिलिहाङ गापा–७ मा तिलविक्रम इधिङ्गो, महोत्तरी बलवा नपा–२ मा विपिन पजियार सुडी, रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ, चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल, खैरहनी नपा–४ मा देवबहादुर बस्नेत, सोही नपा–५ मा प्रतिमा कार्की, बैतडी दोगडाकेदार गापा–४ मा सुरेन्द्रप्रसाद भट्ट, अर्घाखाँची मालारानी गापा–३ मा शोभाखर खनाल, दाङ घोराही उपनपा–१६ मा ताराबहादुृर डिसी र मोरङ धनपालथान गापा–२ मा नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार नारायणप्रसाद साह निर्वाचित भएका छन् ।

राजपाका वडाध्यक्षका उम्मेदवार महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक, कपिलवस्तु शिवराज नपा–१० मा मञ्जु मिश्र र सप्तरी छिन्नमस्ता गापा–७ मा प्रमिलादेवी यादव विजयी भएका छन् ।

सर्लाही हरिपुर्वा नपा–१ मा श्यामबाबु राय, बारा बारागढी गापामा सुरेशप्रसाद चौधरी र पर्सा प्रसौनी गापा–५ मा समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार रुपलालकुमार यादव निर्वाचित हुनुभएको निर्वाचन आयोगबाट थाहा भएको छ । एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र चार वडाध्यक्ष पदको निर्वाचनको मतगणना भने जारी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पोखरा : गण्डकी प्रदेशका सांसद दीपक मनाङे ६ हजार धरौटीमा रिहा भएका छन् । उनलाई

जनकपुरधाम : प्रदेश २ सरकारका मन्त्रीहरु बिचको विवाद सतहमा आएको छ । राजपा र समाजवादी

काठमाडौं : भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका

काठमाडौँ : प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका

एजेन्सी : चीनको वुहान शहरमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुने संख्या ५६ पुगेको छ

एजेन्सी: कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आइतबार मात्रै १५

काठमाडौं : ‘बल्ने ढुङ्गा’को लोभमा एक जना व्यक्तिको ५० लाख लुटिएको छ । साथीहरुले ‘बल्ने

काठमाडौं : समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन् । बङ्गलादेशको

काठमाडौं : सन् १९५४ देखि प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबारका दिन पर्ने विश्व कुष्ठरोग

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक बदली रहने जनाएको छ ।आज (आइतबार)

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सँग राष्ट्रिय

काठमाडौ : नेपालमा पनि कोरोना जिवाणु (भाइरस) भित्रिन सक्ने जनाउँदै स्वास्थ्य क्षेत्रका विज्ञले सचेत हुन