मुख्यमन्त्रीकै क्षेत्रमा किन बढारियो नेकपा



काठमाडौ : सत्तारुढ नेकपाका दुई प्रभावशाली नेताहरुको क्षेत्र दाङको घोराही उपमहानगरपालिका वडा नंं. १६ मा नेकपाने हार व्यहोरेको छ ।

नेकपाका प्रभावशाली नेता तथा प्रदेश नं. ५ को मुख्यमन्त्री समेत रहेका शंकर पोखरेल र निवर्तमान सभामुख कृष्णबहादुर महराको क्षेत्रबाट नेकपा बढारिएको हो ।

यसरी प्रभावशाली नेताको क्षेत्रमै हार व्यहोर्नुलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण तरिकाले हेरिएको छ । यस क्षेत्रमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी भएका हुन ।

प्रतिक्रिया दिनुहोस्