बागलुङमा मतगणना शुरु



बागलुङ : बागलुङको क्षेत्र नम्बर–२ (ख) मा सम्पन्न प्रदेशसभा सदस्य उपनिर्वाचनको मतगणना शुरु भएको छ । मतदान कार्यक्रम सकिए लगत्तै सम्बन्धीत मतदान स्थलबाट प्रदेशसभाको मतपेटिका सुरक्षा निकायको रोहबरमा सदरमुकाम मा ल्याएपछि मतगणना शुरु भएको हो ।

मतपेतिका संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला सदरमुकामस्थित जिल्ला समन्वय समितिको भवनमा संकलनको काम सकेसँगै सर्वदलीय बैठक बसेर मध्याह्नदेखि मत गणना सुरु भएको हो । प्रदेशसभाको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी मैदानमा छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले उम्मेदवारी दिएका थिए । निर्वाचन प्रक्रिया अनुसार उम्मेदवारी फिर्ता नलिए पनि शेरमान घर्तीले बामगठबन्धनलाई सघाएका थिए ।

प्रतिक्रिया दिनुहोस्