’गो ब्याक इन्डिया’ भन्दै बुटवलमा उत्रियो सत्तारुढ दलकै विद्यार्थी संगठन



बुटवल : भारतले आफ्नो नक्सामा नेपालको भूभागलाई पारेको बिरोधमा सत्तारुढ दल नोपल कम्युनिष्ट पार्टी(नेकपा)को भातृ संगठन अनेरास्ववियुको नेतृत्वमा आज बुटवलमा विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले गो ब्याक ईण्डिया, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो भुमि फिर्ता गर, लिपुलेक कालापनी र लिम्पियाधुरा हाम्रो हो, मिचिएको हाम्रो भूमि फिर्ता गर जस्ता नारा लेखिएका पर्चा पम्पलेटसहित प्रदर्शन गरेका थिए ।

कार्यक्रममा अनेरास्ववियु लुम्बिनी वाणिज्य क्याम्पसका इन्चार्ज तथा अनेरास्ववियु जिल्ला सदस्य प्रकाश पराजुलीले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै नेपाको भुमी तत्काल नेपाललाइ नै फिर्ता गर्न आग्रह गर्दै अन्यथा नेपालीहरु पनि अब चुपलागेर नबस्ने बताए ।

प्रर्दशनमा कालिका महाज्ञान मावि र नवीन औद्योगिक कदर बहादुर रीता मा.वि का अनेरास्ववियु विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । यस्तै अनेरास्ववियु जिल्ला सदस्य दिपक चापगाईले आफ्नो पार्टि सरकारमा भएपनि यस्तो संवेदनशील षियमा आफुहरुले सधै प्रतिपक्षको भुमिका निवार्ह गर्ने बताए । उनले भारतीय पक्षलाई आफ्नो नक्सा सच्याउन समेत माग गरे ।


सभामा बोल्दै अनेरास्ववियु जिल्ला सचिव साजन भण्डारीले भारतिय विस्तारवादको घोर निन्दा गर्दै अब यो प्रदशर्न यहीमात्र सिमित नभएर पुर्व मेची देखी पश्चिम महाकाली सम्म पुग्ने र भारतीय विस्तारवादलाइ घुडा टेकाउने बताए ।

कोणसभामा अनेरास्ववियु केन्द्रिय सदस्य सरोज पोख्ररेल, अखिल क्रन्तिकारीका लुम्बिनी वाणिज्य क्याम्पसका सचिव विराज चालिसे लगायत सम्बोधन गरेका थिए ।


लुम्बिनी वाणिज्य क्याम्पस देविनगर बाट शुरु भएको प्रर्दशन राजमार्ग चौराह हुदै मिलनचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्