काठेपुल तर्न पनि शुल्क, हिँडेर तर्दा १५, मोटरसाइकल तार्दा ३५ रुपैयाँ



कैलाली : जम्मा एक लाख रुपैयाँ लगानी गरे काठेपुल बन्न सक्छ । जनता सजिलै आवतजावत गर्न सक्छन् । तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको श्रोत बनाएको छ । 

स्थानीय जनताले प्रत्येकपटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाईकल तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ । पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वर्षीक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको छ । 

गाउँपालिकाभित्र पर्ने मोहना, निमुवाबोझी, खोनपुर, गोबरैला र मोहनपुर गरी चार घाटमा गाउँपालिकामार्फत काठेपुल बनाइएका छन् । गाउँपालिका कार्यालयले काठेपुल निर्माण गरेर कर उठाउन ठेकेदार खटाएको छ । 

गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले विगतदेखि नै हुँदै आएको ठेक्का गाउँपालिकाले निरन्तरता दिएको बताए । जनप्रतिनिधी आएपछि पैसा तिरेर खोला तर्नुपर्ने बाध्यता अन्त्य हुने आश गरेका स्थानीय अहिले शुल्क निर्तुपर्दा खिन्न छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्