भारतबाट तेश्रो मुलुक उड्न नेपालीलाई यसरी सिर्जना गरिँदैछ झमेला



काठमाडौं : नयाँदिल्लीमा एमबीबीएस अध्ययनरत सुरभी थापा युगान्डा जान शुक्रबार बिहानै इन्दिरा रान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । भारतीय अध्यागमन अधिकारीहरुले उनलाई ‘नो अब्जेक्सन सर्टिफिकेट’ बिना उड्न नमिल्ने भन्दै फर्काइदिए ।

युगान्डाको राजधानी कम्पालामा एनआरएनको तेश्रो अफ्रिका क्षेत्रीय भेलामा सहभागी हुने र त्यहीँ अभिभावकसँग भेट्ने योजनामा थिइन् सुरभी । यसअघि पनि थुप्रै पटक दिल्लीबाट उडेकी उनलाई त्यतिबेला एनओसी मागिएको थिएन ।

भारतबाट तेश्रो मुलुक उड्न खोजेका नेपालीलाई विमानस्थलबाट फर्काइएको यो पहिलो घटना होइन । यसको मारमा अमेरिका, बेलायत, अस्ट्रेलियालगायत मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीसमेत छन् ।

तेश्रो मुलुक उड्ने नेपाली भारतीय अध्यागमनमा रोकिने भएपछि दुतावासले दैनिक २०–२५ एनओसी दिने गरेको छ ।  आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्