प्रदेश २ सभाकाे बैठक आज बस्दै : करारमा कर्मचारी भर्नालगायत विधेयक पेस हुने



जकपुरधाम : एक महिनापछि  प्रदेश २ को बैठक आज ३ बजे बस्दै छ । बितेको महिना अर्थात् भदौ १६ मा स्थगित प्रदेशसभा बैठक आज अर्थात् बिहीबार अपराह्न ३ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

 

यसअघि प्रदेशसभा सचिवालयले गत भाद्र १६ मा अर्को सूचना प्रकाशित नभएसम्म भनी बैठक स्थगित गरेको थियो । सदनमा छलफल गर्न विधेयक अभाव भएपछि बैठक स्थगित गरिएको थियो ।

 

आज बस्ने बैठकमा प्रदेश सरकारले करार सेवामा कर्मचारी भर्ना, प्रशासकीय कार्यविधि, सुशासन कायम गर्ने, प्रदेशसभा सचिवालय, मदरसा बोर्ड गठन, गाउँसभा र नगरसभा कानुन निर्माण प्रक्रिया, यातायात व्यवस्थासम्बन्धी विधेयक सदनमा पेस गर्ने तयारी गरेको छ । 

 

प्रदेश सरकारले  सात महिनाको अवधिमा हालसम्म १६ वटा ऐन सदनबाट पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्