नेकपाका ‘किङमेकर’ वामदेवको टिठलाग्दो नियतिः सधैँ उपयोग, सधैँ धोका !



काठमाडौं : वामदेव गौतमका चर्चायोग्य केही सकारात्मक पक्ष अवश्य छन् ।उनको सबैभन्दा राम्रो पक्ष खुला, मिलनसार र सहृदयी छन् । जालझेल, कपट धेरै जान्दैनन् ।

तर, ठूलो दुर्गुण भनेको यति अस्थिर छन् कि विचार, व्यववहार, सोच, बोली केहीमा टुंगो हुँदैन । उनी एकै दिनमा तीन थरीका कुरा गर्थे । 

विहान घरबाट निस्कँदा मालेका पक्षमा कुरा गर्थे, दिउँसो माओवादी बनिसक्थे । बेलुका दरबार पो ठिक हो कि भन्ने अलमलमा पर्थे । 

ओली, झलनाथ खनाल र माधव नेपाललाई प्रधानमन्त्री बनाउन गौतमको महत्वपूर्ण भूमिका छ । तर, प्रधानमन्त्री भएपछि तीनै जनासँग गौतमको सम्बन्ध तिक्ततापूर्ण रह्यो । आजको नेपाल साप्ताहिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्