बलात्कारपछि ज्युँदै जलाईएकी प्रियंकाको पक्षमा सलमानले भने, ‘मान्छेको भेषमा लुकेका सैतानहरुको विनाश गर्नुपर्छ’



एजेन्सी : बलिउड अभिनेता सलमान खानले हैदराबादकी भेटनरी डाक्टर प्रियंका रेडीको बलात्कारपछि ज्युँदै जलाएर गरिएको हत्याको विरोधमा ट्विट गरेका छन् ।

उनले रेडीको हत्यारालाई ‘सैतान’ को संज्ञा दिएका छन् । उनले त्यस्ता अपराधी मानिस नभई मान्छेको भेषमा लुकेका सैतान भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘यो मानिसहरुको भेषमा सबैभन्दा गिरेका दानव हुन् । निर्भयाजस्ता निर्दोष महिलाहरुको पीडा, यातना र मृत्युपछि अब यस्ता दानवहरुलाई सखाप पारिदिनुपर्छ । ताकि, यसपछि कुनै पनि निर्दोष परिवारले यस्तो पीडा भोग्न नपरोस् ।’

भारतको हैदराबादमा २६ वर्षीय भेटनरी डाक्टरको सामूहिक बलात्कारपछि जलाएर हत्या गरिएको थियो । स्कुटरको टायर पङ्चर भएपछि उनी प्लाजाको नजिकै गाडी कुरिरहेकी भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

उनलाई ट्रक ड्राइभर र क्लिनर मिलेर सात घण्टासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरिएको थियो । शुक्रबार साइबराबाद पुलिसले यस घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्