आफ्नै भोट नपाउने उम्मेदवार, जसले शून्य मत पाए



काठमाडौं : उपनिर्वाचन–२०७६ को निर्वाचनको मत परिणाम आउने प्रक्रिया जारी नै छ । यसबीचमा ३९ भन्दा बढी स्थानीय तह र एक प्रदेश सभाको मत परिणाम आइसकेको छ ।

चुनावी नतिजा हेर्दा धेरै ठाउँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बर्चस्व कायम रहेको छ भने मत गणना जारी रहेका स्थानमा पनि नेकपाको अग्रता कायमै रहेको छ ।

यता, पशुपति समशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का उम्मेदवारले आफ्नै मतसमेत पाएका छैनन् ।

कपिलवस्तुको शिवराज वडानम्बर १० मा राप्रपा (संयुक्त)का उम्मेदवार नुर मोहम्मद मनिहारले शून्य मत पाएका हुन् ।

यो वडामा कुल १७ सय २२ मत खसेको थियो । भने, उक्त वडामा राष्ट्रिय जनता पार्टी नेपालकी मन्जू मिश्र ८६८ मतसहित निर्वाचित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्