हजुरबुवाबाट बलात्कृत १५ वर्षिया बालिका गर्भवती भएपछि…



ओखलढुंगा : ओखलढुंगाको मोलुङ गाउँपालिकाकी एक वर्षिया बालिका नाताले हजुरबुबा पर्ने व्यक्तिबाट बलात्कृत हुँदा गर्भवती भएकी छिन् ।

बुधबार १५ वर्षिया बालिकालाई बलात्कार गरी गर्भवती बनाउने ५८ वर्षिया हजुरबुबालाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन महिनामा ती व्यक्तिले बलात्कार गरेको बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ।

घरमा कोही नभएको मौका पारी वृद्धले बालिकालाई आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेको पीडितपरिवारलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

बालिकाको पेट अस्वभाविक रुपले बढेपछि आफन्तले सोधखोज गर्दा उनी बलात्कृत भएको खुलेको थियो ।

बालिका सुस्त मनस्थिती र कम उमेरकी भएका कारणले गर्भपतनका लागि प्रशुती गृह थापाथली रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्