बागलुङमा बाम उम्मेदवार शाहीले लिए अग्रता



बागलुङ : हिजो शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत बागलुङ क्षेत्र नं २ (ख) को प्रदेशसभा सदस्यको लागि जारी रहेको मतगणनामा वाम उम्मेदवार खिम बिक्रम शाहीले अग्रता लिएका छन् ।

यसअघि नेपाली कांग्रेसका उमेदवार जितबहादुर शाहीले अग्रता लिएका थिए । पछिल्लो समय भने नेकपाको समर्थनमा राजमोका उम्मेदवार शाहीले अग्रता लिएको हो । अहिलेसम्म ढोरपान नगरपालिका–१ र २ तमानखोला गाउँपालिका–१ र निसीखोला गाउँपालिका–१ वडाको मतगणना सकिएको छ ।

तीन वडाको मतगणना गर्दा सुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार शेरचनलाई पछि पार्दै साझा बाम उम्मेदवार शाही अघि लागेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका जीत शेरचनले २ हजार ४३ मत प्राप्त गरेका छन्भने साझा बाम उम्मेदवार खिमबिक्रम शाहीले २ हजार १ सय ९७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्