गाउँपालिका अध्यक्ष यादवले गढीमाई मेलामा पुष्प वर्षा गराउने



सर्लाही : हिन्दुहरुको विश्वासको रुपमा रहेको गढीमाई मेलामा पुष्प वर्षा गराइने भएको छ ।

गढीमाईमा आउने भक्तालुहरुको लागि पुष्प वर्षा गराउन लागेको चक्रघटा गाउपालिकाका अध्यक्ष विक्रम यादवले बताएका छन् । आउँदो सोमबार मध्य रातिमा दिप प्रज्जव हुने विश्वास अनुसार दिप प्रज्जवल भए पश्चात मगंलबार बिहान ९ बजेपछि पुष्पको वर्षा गराइने गाउँपालिकाका अध्यक्ष यादवले बताएका हुन् ।

उनले आफुहरुको ठूलो विश्वास गढीमाईमाथि रहेकाले सो पुष्प वर्षा गराउन लागिएको जानकारी दिए ।

उनले सर्लाहीकोे चक्रघटा गाउँपालिका वडा नंं. ३ स्थित सुन्दरपुरमा, कबिलासि नगरपालिकाको वडा नंं. ६ जमुनियाँ र कबिलासि नगरपालिकाकै वडा नं. ५ रनियाँमा रहेको तिन वटै गढीमाईको मेलामा पुष्प वर्षा गराउने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्