काठमाडौं धुम्बाराहीबाट लागूऔषध कारोबारी पक्राउ



काठमाडौं : काठमाडौं धुम्बाराहीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा स्थायी घर भई काठमाडौं रामनगर बस्ने ५६ वर्षीय ओडगेन लामा रहेका छन् ।

शुक्रबार दिउँसो ३ः३० बजे विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लामो समयदेखिको निगरानीपछि लामालाईं पक्राउ गरेको हो ।

प्रहरीले लामाको साथबाट लागूऔषध एम्फेटामाईन (आईस) २९ ग्राम, कोकिन ४ ग्राम, यावा ९९ ट्याबलेट र उनको कोठाबाट लुकाई राखेको लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २०० ग्राम, कोकिन ८६ ग्राम र यावा ट्याबलेट गरी जम्मा १ किलो २२१ ग्राम एम्फेटामाईन (आईस), कोकिन ९० ग्राम र यावा ८८१ ट्याबलेट बरामद गरेको छ ।

लामाले यसअघि पनि २०६२ सालमा ५६ किलो ४०० ग्राम लागूऔषध चरेससहित पक्राउ परी २ वर्ष ६ महिना कैद सजाय भोगिसकेका थिए । उनी भारतमा बसी नेपालको पूर्वी सिमाना हुँदै काठमाडौंलाई केन्द्र बनाई विभिन्न प्रकारका लागूऔषध कारोबार गर्ने व्यक्ति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनलाई लागूऔषध ब्यूरो कोटेश्वरले नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्