५५ प्रतिशत जनता वित्तीय पहुँच बाहिर



पाल्पा : नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जवी नेपालले ५५ प्रतिशत जनताले बैंकको पहुँचबाट बाहिर रहेको बताएका छन्। उनले बैंक तथा वित्तीय संस्थालाई पहुँचमा नरहेका क्षेत्रमा शाखा विस्तार गर्नसमेत आग्रह गरे।

पाल्पाको अर्गलीमा नेपाल क्रेडिड एन्ड कमर्स बैंकको (एनसीसी) को १ सय २३औं शाखा शुभारम्भ गर्दै उनले पहाडी जिल्ला कृषिका लागि उर्वर भूमि भएकाले बैंक तथा वित्तीय संस्थालाई उपयोग गरी आर्थिक रूपमा बलियो बन्न कृषकलाई आग्रह गरे।

‘जनतामा बैंक तथा वित्तीय ज्ञान नभएका कारण असुरक्षित रूपमा घरघरमा पैसा राखिएको छ। बैंकको उपयोग गर्न नजान्दा युवा स्वेदमा काम नगरी विदेशमा श्रमिक बन्न बाध्य छन्’,गर्भनर नेपालले भने, ‘जनतालाई आर्थिक रूपमा सक्षम बनाउन बंैकको महत्त्वपूर्ण हात हुन्छ।’

सात सय ५३ स्थानीय तहमध्ये ६ सय ८६ स्थानमा राष्ट्रिय स्तरका बैंकको पहुँच पुगेको छ। अन्य स्थानमा पूर्वाधार र सुरक्षाका कारण बैंक जान नसकेको गर्भनर नेपालले बताए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्