बलवा नगरपालिका–८ मा समाजवादी पार्टी विजयी



महोत्तरी : महोत्तरीको बलवा नगरपालिका–८ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा समाजवादी पार्टी विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार बलवा नगरपालिका–८ मा समाजवादी पार्टीका रामबाबु महतोले ६५९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका निर्मल यादवले ३४६ मत ल्याएका छन् भने नेकपाका लक्ष्मेश्वर रायले १५८ मत ल्याएर तेस्रो स्थान हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्