नेकपाका उम्मेदवार विजयी



हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रुपा शाही विजयी भएका छन् ।

उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाका शाही एक हजार ४५३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तारा शाहीले एक हजार ३८५ मत ल्याएका थिए ।

नेकपाका उम्मेदवार शाही यस अघिको निर्वाचन २०७४ सालमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्