लेखापालले ६४ करोड भ्रष्टाचार गरेको खुलासा



काठमाडाैं : यातायात व्यवस्था कार्यालयका एक लेखापालले रु ६४ करोडसम्म भ्रष्टाचार गरेको तथा एक महानिर्देशकले मातहतको कर्मचारीको कार्यमूल्याङ्कनमा बढी नम्बर हालेबापत रु १० हजारसम्म घुस लिएको खुलेको छ ।

 

प्रतिनिधिसभा राज्यव्यवस्था समितिको बुधबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो जानकारी गराएको हो ।

 

बैठकमा सदस्यले भ्रष्टाचारको मुख्य जिम्मेवार राजनीतिक नेतृत्व भए पनि कर्मचारीतन्त्र र आयोग पनि दोषी छन् भन्दै विकासका आयोजनाको काम ढिलो हुनुमा आयोगको पनि दोष रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्