पूर्वयुवराज पारस जन्मदिन मनाउन एक्लै पुगे चितवन, हिमानीसहित सपरिवार पाेखरामै



काठमाडौं : आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गरेका पारस शाहले यो वर्ष अरु साथीहरूसँग मनाउने  भएका छन् । शनिवारै चितवन आएका पारसका साथमा राजेश सिंह, सितल सिंहलगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन् । 

पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै छन् । पुर्वराजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गरेका थिए । 

आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससंगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसंग चितवन गएका छन् । 

यही पुस १७ गते अग्रेजी नयाँ वर्ष र छोरा पारसको जन्मदिन मनाउने योजनासहित पुर्वराजाको परिवार पुस २ गतेदेखि पोखरा निर्मल पोखरीस्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बस्दै आएको थियो ।

श्रीमानको जन्मदिन मनाउन पुर्व युवराज्ञी हिमानी शाह थाइल्याण्ड बस्दै आएका दुई छोरी र छोरा हृदयन्द्रसहित गएको १० गते पोखरा पुगेकी थिइन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्