न्याम्समा उपकुलपति नहुँदा वीर र ट्रमा सेन्टर लथालिंग



काठमाडौं : पदाधिकारी अभावमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा दैनिक कामकारबाही प्रभावित भएका छन् । यतिखेर न्याम्स उपकुलपतिविहीन छ । पदाधिकारीको नियुक्ति रोकिँदा स्वास्थ्य सेवामा समेत गम्भीर समस्या उत्पन्न भएको छ ।

न्याम्सअन्तर्गत रहेका वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा अत्यावश्यक सेवा रोकिन पुगेको हो । ट्रमा सेन्टरमा एक महिनादेखि बिग्रिएको सिटिस्क्यान मेसिन अझै बन्न सकेको छैन । 

‘सिटिस्क्यान मेसिन बनाउन सात लाख रुपैयाँ खर्च लाग्छ । तर, अख्तियारी दिने अधिकारी नभएका कारण उक्त मेसिन बनाउन सकेका छैनौँ,’ अस्पतालमा कार्यरत एक कर्मचारीले भने । सेन्टरमा निमित्त निर्देशक डा. विनोद शेरचन छन् । उनले अत्यावश्यक मेसिन खरिदका लागि अख्तियारी दिन मानेका छैनन् । 

वीरमा पनि उस्तै समस्या

मुलुकको सबैभन्दा जेठो वीर अस्पतालमा हिजोआज बिरामीको चाप बढी छ । तर, अत्यावश्यक उपकरण बिग्रिँदासमेत व्यवस्थापनले चासो देखाएको छैन । 

वीरमा दुई साताअगाडि बिग्रेको सिटिस्क्यान मेसिन अझै बनेको छैन । चार वर्षअगाडि खरिद गरी ल्याइएको १६ स्लाइसको सिटिस्क्यानको ट्युब बिग्रिएपछि सेवा अवरुद्ध भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्