अन्ततः बलात्कार आरोपी सिद्धबाबा पक्राउ



विराटनगर : बलात्कार आरोप लागेपछि अस्पताल भर्ना भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पक्राउ परेका छन् । आज (सोमबार) बिहान जिल्ला प्रहरी कार्यलयको टोलीले उनलाई अस्पतालबाटै पक्राउ गरेको हो ।

प्रहरी श्रोतका अनुसार अनुयायीले अवरोध गर्नसक्ने भएकोले बिहान ४ बजे विराट नर्सिङहोमको आईसियुबाटै उनलाई नियन्त्रणमा लिई सुनसरी लगिएको हो ।

बलात्कार आरोप लागेका गिरी हृदयघात भएको भन्दै आइतबार विराट नर्सिङ होममा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्