आईसीयू मै हिँड्न थाले प्रधानमन्त्री


काठमाडौं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएपछि ठोस पदार्थ पनि खुवाउन थालिएको छ। सघन उपचार कक्षमा उपचाररत प्रधानमन्त्री ओली शल्यक्रियाको एक साता पुग्दा सामान्य हिँडडुल गर्न थालेका छन्।

आइतबार साँझ दशरथ रंगशालामा भव्य रुपमा उद्घाटन भएको १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहको लाइभ आइप्याडमा हेरेका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले सागको शुभारम्भ आईसीयू मा रहेर प्रत्यक्ष प्रशारण आइप्याडमा हेर्नुभयो’, प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँ खेलाडीहरूलाई निकै मनपराउनु हुन्छ।’

गत मंगलबाट एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली मनमोहन कोर्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचाररत छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ओलीको स्वास्थ्यमा अपेक्षित गतिमा सुधार भइरहेको र आइसीयुमै सामान्य हिँडडुल गर्न थालेको बताए।

प्रधानमन्त्री ओलीको उपचार टोलीका संयोजक डा।अरुण सायमीले ठोस आहार खुवाउन सुरु गरिएको बताए। गत मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाईटिसको शल्यक्रिया गरिएको थियो। आजको अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : कोरोनाभाइरसको संक्रमण निरन्तर फैलिरहेकोले यसबाट नागरिकलाई बच्न र बचाउन थप सर्तकता अपनाइएको छ

काठमाडौं– प्रतिनिधि सभाको आज बुधबारको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ । पाचौं दिनको बैठक

चितवन : चितवनमा बुधबार बिहान २५ जना कोरोना संक्रमित थपिएका छन् । चितवनको भरतपुरस्थित प्रयोगशालामा

पोखरा : गण्डकी प्रदेशमा बुधबार बिहान थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं : शनिबार भारतबाट प्रवेश गरेको सलह किरा नेपालको ५२ भन्दबढी जिल्लामा फैलिएको छ ।

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्यमा ५ रुपैयाँले वृद्धि गरेको छ । इन्डियन आयल

काठमाडौंः काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनाबारे आएका समाचारबारे आफू सचेत रहेको जनाएको

काठमाडौं : नेपालमा मंगलबार थप ३ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)का कारण विदेशमा १ सय ३० जना नेपाली नागरिकले ज्यान गुमाएका छन्

हेटौंडा : मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष