अस्पतालमा मृतक श्रीमती छाडेर श्रीमान बेपत्ता भएपछि…


गाईघाट : आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् ।

जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्से लगेका थिए । श्रीमतीको रगतमा हेमोग्लोबिन कम भई प्रसूति गराउन खतरा रहेकाले जिल्ला बाहिर लान अथवा छिटो रगत लिएर आउन चिकित्सकले सल्लाह दिएपछि खर्च खोज्न हिँडेका बुढाथोकी अझैसम्म नआएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. विजय मेहताले बताए ।

बुढाथोकी र निजका आफन्तको खोजीमा प्रहरी र अस्पतालका सबै कर्मचारी लागेको अस्पतालका कर्मचारी बताउँछन् । आइतबार बेलुकी मात्र मृतक खोटाङ जिल्ला दिक्तेल मझुवागढी रुपाकोट नगरपालिका दिक्तेलका टङ्कप्रसाद आचार्यकी छोरी भएको खुलेको छ ।

गाईघाट डिएम गेटका कृष्ण राईका अनुसार अनुसार सो दम्पती त्रियुगा नगरपालिका १२ डिएमगेटको एक घरमा डेरा लिएर बस्दै आएको थियो । भागी बिहे गरेको र श्रीमान्ले श्रीमतीलाई कोठामा राखेर श्रीमान् अन्यत्र बस्ने गरेका कारण स्थानीय छिमेकीले समेत दुवैका बारेमा राम्ररी जानकारी नभएको बताउँछन् ।

नाम थर ठेगानासमेत लुकाएर दुवै गाईघाट बस्दै आएका थिए । प्रेम बुढाथोकी बताउनेले आफ्नो नाम थर र ठेगाना ढाँट्ने गरेका कारण सबै कुरा खुल्न नसकेको डिएमगेटका बासिन्दाको भनाइ छ । मृतक सुस्मिता भनिने सुष्मा आचार्य भने टङ्प्रसादकी छोरी भएको खुल्न आएको कारण उनका बुबालाई खबर गरेर बोलाइएको जिल्ला अस्पतालका प्रमुख डा. मेहताले बताए ।रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन दिनको म्याद थप गरिएको

काठमाडौँ : मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका

काठमाडौं : बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज

जाजरकोट : हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।

काठमाडौं : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११

नरेश सर्राफ वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित

काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख

काठमाडौं : शनिबारदेखि दशरथ रगंशालामा सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५०

काठमाडौं : भारतीय संसदको तल्लो सदनले विवादास्पद नागरिकता संशोधन विधेयक पारित गरेपछि नेपाली भाषी आसामीहरुले

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसरमा शुभकामना दिएका छन्