काठमाडौमा सुविधासम्पन्न नेचुरोपेथी अस्पतालको उद्घाटन



काठमाडौ : काठमाडौं नेचुरोपेथी अस्पताल’ औपचारिक रूपमा सञ्चालनमा ल्याईएको छ ।

पत्रकार गणेश पाण्डेद्वार संचालनमा ल्याईएको उक्त अस्तालको हिजो आइतबार एक समारोहबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् ।

काठमाडौको बसुन्धरामा रहेको अस्पताल उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले आफू प्रतिनिधि भएको क्षेत्रमा खुलेको अस्पतालले सेवामूलक भएर जनताकै सेवा गर्ने विश्वास व्यक्त गरे । ‘अस्पतालले सेवाग्राहीसामु जेजति सेवा उपलब्ध गराउने कबुल गरेको छ, त्यसमा कुनै कमजोरी नहुने विश्वास छ,’ उपप्रधानमन्त्री पोखरेलले भने ।

कार्यक्रममा अस्पतालका अध्यक्ष पाण्डेले अस्पताल सञ्चालनमा रोजगारीको अवसर सिर्जना गर्नु र प्राकृतिक चिकित्सा पद्धतिको प्रवद्र्धन गर्नु पनि रहेको बताएका छन् । अस्पतालमा औषधिविहीन चिकित्सा पद्धति, प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, भोजन परामर्शका साथै जीवनशैली क्लिनिकका माध्यमबाट उपचार गरिने अध्यक्ष पाण्डेले जानकारी दिए ।

अस्पतालले अन्तरंग सेवा, बहिरंग सेवा, ल्याब, अतिविशिष्ट आवास कक्ष विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिस्ट, नेचुरल थेरापिस्टलगायतको सुविधा उपलब्ध गराउने जनाइएको छ ।

अस्पतालका अध्य्रक्ष पाण्डेले कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य नारायण सिलवाल र दीपक निरौला, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपत्यका पृतनापति निरञ्जन श्रेष्ठ, पूर्वमन्त्री एवं काँग्रेस नेता रामबहादुर गुरुङ, राप्रपाका नेता हेमजङ गुरुङ, प्रभु बैंकका सिइओ अशोक शेरचन, मेगा बैंककी डुपेटी सिइओ रविना देशराज श्रेष्ठ, मुक्तिनाथ बैंकका सिइओ पद्युमन पोखरेल, रियालबल इन्स्योरेन्सका सिइओ नारायणबाबु लोहनी, चौधरी ग्रुपका कार्यकारी निर्देशक करण चौधरी, एनआरएनका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, वरिष्ठ लोकगायक बद्री पंगेनीसहित सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

उनले एउटा ठूलो सपनाले आज गति लिएको बताउँदै भनेका छन् – ‘अप्ठेरो तर आफूलाई निकै आनन्द लाग्ने बाटो हो यो मेरा लागि । तर पनि जीवन हो, चुनौती नझेली कहाँ हुन्छ र ! हो, चुनौती झेल्न तयार हुँदै एकल लगानीमा अस्पताल खोल्न तम्सिएको थिएँ । जुन आज पूरा भएको छ । तपाईंहरुको माया मिलिरहोस् ।’

प्रतिक्रिया दिनुहोस्