उत्तर-दक्षिणका सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सीसी क्यामेरा राख्ने



काठमाडौं : सशस्त्र प्रहरी बलले सीमामा हुनसक्ने चोरी निकासी तथा आपराधिक क्रियाकलापलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । शसस्त्र प्रहरीले दक्षिण तथा उत्तरतर्फका आफ्ना सीमानामा हुनसक्ने अवैध क्रियाकलाप रोक्न प्रविधिको प्रयोग गर्न लागेको हो ।

सीमानामा बढी अवैध क्रियाकलाप हुँदा सुरक्षा चुनौती बढ्न सक्ने सम्भावित स्थानहरुको अध्ययन गरेर सुक्ष्म निगरानी गर्दै जाने गरी प्रविधिको प्रयोग गर्न लागिएको शसस्त्र प्रहरी बलले जनाएको छ ।

हाल भएको जनशक्तिले मात्र सीमामा निगरानी गर्न कठिनाई भएकाले प्रविधिको प्रयोग आवश्यक महशुस गरेर यो प्रविधिको प्रयोग गर्न लागिएको शसस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताए । 

सीमा सुरक्षाको कार्यदेश पाएको शसस्त्रले पहिलोपटक सीमा क्षेत्रमा प्रविधिको प्रयोग गर्न लागेको हो । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रवक्ता श्रेष्ठले बताए ।

संगठनलाई आधुनिकरण वैज्ञानिकरण गर्दै प्रविधिको प्रयोगमार्फत काम गर्ने सरकारको नीति तथा कार्यक्रमलाई शसस्त्रले कार्यान्वयनको दिशातर्फ उन्मुख भएको देखिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्