१३ औं सागमा चञ्चलाले दिलाईन् नेपाललाई पहिलो रजत



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा कराँतेको महिलातर्फ नेपालले रजत पदक जितेको छ ।

कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन् । बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनलमा पुगेकी दनुवार पाकिस्तानकी साहिदासँग पराजित भइन् ।

उनले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ अंक हात पार्न सफल भइन् ।

प्रतिक्रिया दिनुहोस्