१३ औं सागमा नेपाललाई दोस्रो स्वर्ण



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले दोस्रो स्वर्ण जितेको छ ।

प्रतियोगिताको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको हो । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन ।

सोमबार नै भएको ट्रयाथोलन (पुरुष)मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले रजत पदकमा चित्त बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्