स्वास्थ्यकर्मीसमेत याैन दुर्व्यवहारमा पक्राउ



इलाम : अरुलाई उपचार गरेर ज्यान बचाइदिने स्वास्थ्यकर्मी नै यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । 

 

इलाम नगरपालिका वडा नम्बर १२  कि १७ किशोरीलाई यौन दुव्र्यवहारको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार पक्राउ परेका हुन् । 

 

पक्राउ पर्नेमा इलाम आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दीपक सुवेदी रहेका छन् । 

 

नवलपरासी स्थायी घर भई लामो समयदेखि इलाम अस्पतालमा कार्यरत सुवेदीले किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । उनलाई पीडित बालिकाले जिल्ला प्रहरीमा किटानी जहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । 

आरोपित सुवेदीलाई मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको इलामका प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए । आजको नेपाल समाचारपत्रमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्