सागमा महिला क्रिकेट: अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपाल विजयी



फाइल फोटो

पोखरा : १३औं दक्षिण एसियाली खेदकुद (साग)मा नेपालले अर्को जित हासिल गरेको छ ।

प्रतियोगिता अन्र्तगत नेपालले अन्जली चन्दको कीर्तिमानी बलिङसँगै १० विकेटको शानदार जित हात पारेको हो । मात्र १७ रनको लक्ष्य पाएकाे नेपालले सो लक्ष्य मात्र ५ बलमा पूरा गरेर जित हात पारेको हो ।

पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सलाई हराउनमा बलर अञ्जली चन्दको कीर्तिमानी बलिङ रहृयो । उनले माल्दिभ्स विरुद्ध एक रन पनि नदिइ ६ विकेट लिएर नयाँ कीर्तिमान बनाउन सफल भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्